Posts

Showing posts from April, 2021

अकबर र वीरबलको कथा(०६)-अकबर र वीरबलको पहिलो भेट ( किंवदन्ती-०४)

 अकबर बादशाह र वीरबलको पहिलो भेट भएको  विषयमा कही यस्तो पनि लेखेको पाइन्छ । बुन्लेद खण्ड निवासीहरूको भनाइ-अनुसार वीरबल बुन्देल खण्डका नै  निवासी हुन् र उनको जन्म पनि बुन्देलखण्डको यौटा र गाउँमा कुनै धनी ब्राह्मणको वंशमा भएको थियो । त्यहाँको स्थानीय पाठशालाहरूमा पढइने जति पढाइ समाप्त गरेर उनी काशी गएर उही नै अध्ययन गरे । यसपछि नोकरीको खोजीमा दिल्ली पुगे । त्यहाँ अकस्मात् बिमारी परेर कुनै हकीमकहाँ औषधि गराउन गए । बिसेक भएपछि तिनै दयालु हकीमले राजा टोडरमलसित वीरबलको परिचय गराइदिए। तिनी टोडरमल अकबर बादशाहको नवरत्नमा एक रत्न थिए । तिनै टोडरमलको कपाले वीरबल पनि अकबर बादशाहको दरबारमा लगिए र बादशाहले वीरबलको बुद्धि र वाक्-चातुर्यबाट प्रभावित भई उनलाई आफ्नू नवरलमा मुख्य बनाए ।

अकबर र वीरबलको कथा(०५)-अकबर र वीरबलको पहिलो भेट ( किंवदन्ती-०३)

  बादशाह अकबर र वीरबलको पहिलो पटक भेट भएको विषयमा यौटा यस्तो किम्वदन्ती पनि छ ।  एक दिन बादशाको सेवकले पान लगाएर खान दियो । संयोगले अलिकति बढ्ता परेछ र बादशाहको मुखमा पाउ गरायो । बादशाह रिसाई त्यस सेवकलाई बाजार गएर एक पाउ चून किनेर लिंदै मकहाँ हाजिर हो भन्नने हुकूम दिएछन् । त्यो चून किन्ने पसलमा पुग्दा संगले वीरबल पनि त्यही उभिएका रहेछन्’ परस्पर कुरा हुँदा सबै भेद खुलेपछि वीरबलले त्यस सेवकलाई भने- ‘यदि बाँच्ने  इच्छा छ भने एक पाउ घिउ खाएर अनि मात्र चून लिएर जा । बादशाह रिसाएर तँलाई चुन ख्वाउन ऑटेछन् । त्यस सेवकले वीरबलको कुरा मानेर एकपाउ घिउ खाई एक पाउ चून किनेर बादशाहको सामुन्ने उपस्थित भयो ।  अकबर बादशाहले त्यो एक पाउ चून पानीमा मिलाएर त्यस सेवकलाई खान दिए । एकै छिनपछि मुख-पेट चलेर त्यसको प्राण बच्यो अनि बादशाहलाई शंका लागेर सेवक सँग सोधे- पुछ गर्दा उसले बिन्ती गन्यो- ‘सरकार ! म किन्न लाग्दा त्यहाँ वीरबल नामका एक जना मानिस  आई मलाई तलदेखि माथिसम्म हेरेर “बादशाहले तँलाई कुनै अपराधमा चून ख्वाउन ऑटेछन्, एक पाउ घिउ खाएर जा” भन्ने बुद्धि दि...

मुसाको बिहे

 एक पटक ऋषि नदीमा नुहाइरहेका थिए । त्यसैबेला चिलले उसको पञ्जामा बोकेको मुसा उनको हातमा खसाल्यो। यदि उनले  मुसा एक्लै छोडे भने चिल मुसा टिप्न आउछ भन्ने डरले  ऋषिले त्यो सानो जनावरलाई सुन्दर बच्चामा परिवर्तन गरे र उसलाई उनको  घरमा श्रीमतीलाई देखाउन लगे। ती दम्पतीको आफ्नै बच्चा नभएकोले तिनीहरूले बच्चीलाई ईश्वरको आशिष्‌ हो भनेर सिचे। जब त्यो केटी विवाह योग्य उमेर भयो, ऋषि र उनकी श्रीमतीले आफ्नी छोरीका लागि सबै भन्दा राम्रो पति खोज्ने निर्णय गरे। त्यसैले घमण्डी बुबाले उनकी छोरीलाई सूर्य भगवानमा लगे। यद्यपि ती केटीले उनीसँग बिहे गर्न अस्वीकार गरे। त्यस्तै गरी, ऋषिले बादलको राजा, हावाहरूको भगवान र हिमालको भगवानसँग भेट गरे। तर उनीहरूको सामर्थ्य शक्तिहरूको बाबजुद, छोरीले उनीहरू सबैलाई  अस्वीकार गरी। अन्तमा हिमालका प्रभुले सल्लाह दिए कि मुसाका राजा उनीभन्दा धेरै श्रेष्ठ रहेको किनकि मुसाका राजाले उसको वरिपरिका डाँडाहरू खन्न सक् थियो। जब ऋषिकी छोरीले मुसाका राजालाई भेटिन, उनी तुरुन्तै मुसासँग विवाह गर्न सहमत भइन्। त्यसपछि बुबाले आफ्नी छोरीलाई फिर्ता मुसामा परिवर्तन गरे र खु...

अकबर र वीरबलको कथा(०४)-अकबर र वीरबलको पहिलो भेट ( किंवदन्ती-०२)

  अकबर बादशाह र वीरबलको भेट भएको विषयमा यस्तो पनि किंवदन्ती छ एक दिन जाडोको सायंकाल बितिसकेपछि अकबर बादशाहले आफ्नू हुकूमतको राम्रो नराम्रो दुवै पक्ष जान्न भेष बदलेर महलको गुप्त द्वारबाट निस्केर मूल बजारतिर पाइला चाले । अलि पर पुगेपछि बजारिया हलमा मिसिएर उनी पनि हिंड्न लागे । त्यहाँबाट अलि पर पुगेपछि बादशाहले यौटी अधबैसे स्त्रीलाई सानू गल्लीको मुखमा  उभिएर आउने जाने मानिसहरूका उपर आँखा डुलाइरहेकी  देखे र यो कुनै चतुर व्यक्तिको खोजीमा रहिछ भन्ने बादशाहका मनमा लाग्यो, त्यही अवसरमा उक्त स्त्रीले  संकेतद्वारा बादशाहलाई डाकी । बादशाह उतैतिर गए ।  अलि पर पुगेपछि त्यस स्त्रीले बादशाहलाई भनी मेरी स्वामिनीका(मालिकिन) पति वणिक्(वैश्य) हुनाले व्यापार गर्न गएका निकै दिन भयो, फर्केर आएनन् र उनको केही समाचार पनि आएको छैन । उनी मस्त तरुनी हुनाले पुरुषको सहवास चाहन्छिन् । मदन-बाधा खप्न नसकेर मलाई पठाएकी हुन् । यति कुरा सुनेर बादशाह राजी  भए । अनि त्यस स्त्रीले यौटा सुन्दर महल जस्तो घरमा  लगेर यौटा राम्रो कोठामा पुगेपछि भनी- ‘तपाई एकछिन यही ...

सुलशा र सत्तुका

कुनै समय सुलशा नामको सुन्दर वेश्या  बस्थि। एक दिन, उनले सिपाहीहरूको एउटा समूहलाई एउटा मान्छेलाई फाँसीदिने ठाउँमा तान्दै गरेको देखी, र तुरुन्तै उसलाई माया गर्न थालि। त्यो व्यक्ति डरलाग्दो लुटेरा सत्तुका  थियो। सुलशाले तुरुन्तै सत्तुकाको स्वतन्त्रताको बदलामा प्रमुख हवलदारलाई एक हजार सुनका टुक्रा पठाए। त्यसपछि उनले उनीसँग विवाह गरी र उनको पुरानो जीवन त्याग्न प्रतिज्ञा गरे। विवाह पछिका खुशीका केहि महिना पछि , सत्तुकाले महसुस गरे कि उनी एक ठाउँमा वा व्यक्तिमा बाँधिने प्रकारका होइनन्। उनले आफ्नी पत्नीलाई मार्ने, उनको सबै गहना चोर्ने र शहरबाट भाग्ने निर्णय गरे। भोलिपल्ट उसले सुलशासँग झूट बोल्यो , उसले पहाडको शिरानमा रहेका देवतासँग प्रतिज्ञा गरेको छ कि यदि उ मृत्युदण्डबाट बच्यो भने उसले बलि चढाउनेछ ।  ले उसलाई पहाडको टुप्पोमा लग्यो र त्यसपछि सुलेशाले उनको सबै गहनाहरू देवताको सम्मानमा राखी । जब उनीहरू शिखरमा पुगे, उनले आफ्नो दुष्ट योजना प्रकट गर्यो। सालुसा चकित भइन् तर उनी पनि सोच्न थालिन्। उनले सत्तुकालाई बताइन् कि उनी आफ्नो पतिलाई अन्तिम चरणको लागि चारै तरिकाहरूबाट दण्डवत्‌ गर्न...

अकबर र वीरबलको कथा(१६)-केमा चढछौ ?

 कुनै दिन बादशाह अकबर र मन्त्री वीरबल दुवै जना शिकार खेल गएका थिए । फर्कदाखेरि सॉझ पन्यो, साथमा क्यै खाने-पीने चीज पनि थिऐन । बादशाहको नास्ताको बखत भैसकेको थियो । यसकारण भोकले उनलाई छटपटी भैरहेको थियो। अनि आफ्नू लाचारी उनले वीरबलालई भने । वीरबल कट्टर सनातनधर्मी थिए । उनी अन्टसन्ट खाने चीज लिएर कहाँ राख्थे र ? संयोगले अलिकती चना उनले आफ्नू रुमालमा राखिलिएका थिए, त्यसैबाट केही बादशाहलाई दिए ।चना खाइसकेपछि दरबारतिर फर्कनका लागि जसै उनले घोडामा चढ्न रिकापमा पयर राखे यतिकैमा घोडा जोडले हिनहिनायो । यसरी घोडा हिनहिनाएको देखेर बादशाहले वीरबललाई घोडा हिनहिनाउने कारण सोधे । तब तुरुन्तै वीरबलले भने- जहाँपनाह ! घोडाले देख्यो कि हजूरले उसको खुराक चना खाइदिबक्सियो, यसैले अब उ सोधिरहेको छ कि- “हजुरले मेरो खुराक खाइबक्सियो, अब केमा चढ्छौ ?’ वीरबलको व्यङ्ग्य बुझेर बादशाह मन्मनै मुस्कुराउँदै रहे ।

अकबर र वीरबलको कथा-(०३) अकबर र वीरबलको पहिलो भेट (किंवदन्ती -०१)

  एक दिन साँझ पर्ने वेलामा यौटा अधवैशे स्त्री (वीरबलकी आमा) दिल्ली शहरको पूर्वतर्फको ढोकाबाट मुख्य शहरमा पसिन्। उनको साथमा यौय पन्ध्र-सोह्र वर्षको छोरो वीरबल पनि थिए र उनी यौटा टट्टू हाँकिरहेका थिए । त्यस टट्टू पिठ्यूमा यौटा पोको पनि राखिएको थियो । ती अधवैशे स्त्रीको अनुहार हेर्दा पहिले कुनै समयमा सुखी घरानाकी भए पनि अहिले दुःखी नै छन् भन्ने स्पष्ट ज्ञान हुन्थ्यो । उनको हातमा पानीले भरिएको यौटा लोहोटा थियो र वीरबलको निधारमा चन्दनको टीका थियो । तिनको बुट्टे टोपीको बीटमनि शिखा पारेको टुपी परैबाट देखिन्थ्यो, त्यही टुपीको गाँठोले पनि उनी ब्राह्मण हुन् भन्ने स्पष्ट ज्ञान हुन्थ्यो।  पालेहरूले पनि केही सोध-पूछ नगरी उनीहरूलाई सरासर जान दिए । अलि पर गएपछि यौटा सानू मन्दिर देखियो र त्यही नजीकै यौट पुजारी जस्तै मानिस उभिएको थियो ।वीरबलले ती मानिसलाई सोधे-महाराज! कान्यकुब्ज ब्राह्मणहरूको धर्मशालामा जाने बाटो कुन हो ? ती मानिसले भने- ‘हेर, ती मानिसहरूको समूह गइरहेको छ, तिनैहरूका पछि पछि जाऊ, उनीहरू पनि धर्मशालामै गइरहेका छन् ।’ आमा-छोराले राति धर्मशालामा विश्राम गरे ...

न्याऊरीन र किसानकि पत्नी

 एक दिन एक जना किसान र तिनकी पत्नीले छोरा पाए। उनीहरूले न्याऊरीलाई छोराको साथीको रूपमा लिने पाल्ने निर्णय गरे। केही महिना पछि, ती दम्पतीले आफ्नो छोरालाई घरमा छोडेर बाहिर जानुपर्यो। श्रीमतीले बच्चालाई एक्लै छोड्नु परेकोमा चिन्ता गरेकी थिइन्, किसानले उनीलाई आश्वासन दिए कि तिनीहरू टाढा छँदा न्याऊरीले उसको हेरचाह गर्नेछ। किसानको श्रीमती आफ्नो पति भन्दा अघि फर्किईन् र न्याऊरीको मुख रगतले लतपतिएको पाएन्। उनले तत्काल न्याऊरीले आफ्नो बच्चाको हत्या गरेको अनुमान लगाईन, र क्रोधको बेलामा न्याऊरीलाई एउटा भारी बाकसले हानिन्। त्यसपछि उनी आफ्नो छोरालाई खोज्न हतारिन्, तर उनले के पाएकी थिइन भने एक मृत सर्प उनको कोठामा सुतिरहेकी थियो जबकि उनको बच्चा सुरक्षित रहेको थियो। यो देखेर, किसानकी श्रीमतीले  न्याऊरीले वास्तवमा उनको छोरोको जीवन बचाऐको भन्ने महशुस गरिन्। आफ्नो गल्ती महसुस गर्दै उनी न्याऊरी ठीकठाक छ कि भनेर हेर्न बाहिर गइन्, तर धेरै ढिलो भइसकेको थियो र न्याऊरीले आफ्नो अन्तिम सास फेर्‍यो। उनी एकदम निराश भइन् र आफुले गरेको कामको आफैलाई निन्दा गरिन्। यो अर्को पञ्चतन्त्र कथा हो, र यो कथा बच्चाहर...