अकबर र वीरबलको कथा(०६)-अकबर र वीरबलको पहिलो भेट ( किंवदन्ती-०४)
अकबर बादशाह र वीरबलको पहिलो भेट भएको विषयमा कही यस्तो पनि लेखेको पाइन्छ । बुन्लेद खण्ड निवासीहरूको भनाइ-अनुसार वीरबल बुन्देल खण्डका नै निवासी हुन् र उनको जन्म पनि बुन्देलखण्डको यौटा र गाउँमा कुनै धनी ब्राह्मणको वंशमा भएको थियो । त्यहाँको स्थानीय पाठशालाहरूमा पढइने जति पढाइ समाप्त गरेर उनी काशी गएर उही नै अध्ययन गरे । यसपछि नोकरीको खोजीमा दिल्ली पुगे । त्यहाँ अकस्मात् बिमारी परेर कुनै हकीमकहाँ औषधि गराउन गए । बिसेक भएपछि तिनै दयालु हकीमले राजा टोडरमलसित वीरबलको परिचय गराइदिए। तिनी टोडरमल अकबर बादशाहको नवरत्नमा एक रत्न थिए । तिनै टोडरमलको कपाले वीरबल पनि अकबर बादशाहको दरबारमा लगिए र बादशाहले वीरबलको बुद्धि र वाक्-चातुर्यबाट प्रभावित भई उनलाई आफ्नू नवरलमा मुख्य बनाए ।