Posts

Showing posts from August, 2021

अकबर र वीरबलको कथा(२०)-सबभन्दा श्रेष्ठ नाई

  एक दिन अकबर बादशाहले वीरबललाई सोधे कि- ‘वीरबल ! यस संसारमा सबभन्दा श्रेष्ठ व्यक्ति को हो ?  बादशाहलाई आशा थियो कि वीरबलले सबभन्दा श्रेष्ठ  मलाई नै बताउँछन् , परन्तु उनको उत्तर त अकै सुनेर बादशाह दंग परे । वीरबलको सानू उत्तर थियो ‘नाई अर्थात् संसारमा सबभन्दा श्रेष्ठ नाई हो । वीरबलले भन्दैमा बादशाह मान तयार थिएनन् । उनले एकाएक भने- ‘कसरी ?’ वीरबलले उत्तर दिए-‘हे पृथ्वीपति ! नाईलाई छोडेर यस्तो कुन व्यक्ति छ जो सरकारलाई आफ्ना पयरतिर निहुराओस् र जता चाहो उतै हजूरको टाउको घुमाइदेओस् ।’  बादशाह यस्तो उत्तर सुन्न पाएर धेरै धेरै खुशी भए।