अकबर र वीरबलको कथा-(०३) अकबर र वीरबलको पहिलो भेट (किंवदन्ती -०१)
एक दिन साँझ पर्ने वेलामा यौटा अधवैशे स्त्री (वीरबलकी आमा) दिल्ली शहरको पूर्वतर्फको ढोकाबाट मुख्य शहरमा पसिन्। उनको साथमा यौय पन्ध्र-सोह्र वर्षको छोरो वीरबल पनि थिए र उनी यौटा टट्टू हाँकिरहेका थिए । त्यस टट्टू पिठ्यूमा यौटा पोको पनि राखिएको थियो । ती अधवैशे स्त्रीको अनुहार हेर्दा पहिले कुनै समयमा सुखी घरानाकी भए पनि अहिले दुःखी नै छन् भन्ने स्पष्ट ज्ञान हुन्थ्यो । उनको हातमा पानीले भरिएको यौटा लोहोटा थियो र वीरबलको निधारमा चन्दनको टीका थियो । तिनको बुट्टे टोपीको बीटमनि शिखा पारेको टुपी परैबाट देखिन्थ्यो, त्यही टुपीको गाँठोले पनि उनी ब्राह्मण हुन् भन्ने स्पष्ट ज्ञान हुन्थ्यो।
पालेहरूले पनि केही सोध-पूछ नगरी उनीहरूलाई सरासर जान दिए । अलि पर गएपछि यौटा सानू मन्दिर देखियो र त्यही नजीकै यौट पुजारी जस्तै मानिस उभिएको थियो ।वीरबलले ती मानिसलाई सोधे-महाराज! कान्यकुब्ज ब्राह्मणहरूको धर्मशालामा जाने बाटो कुन हो ? ती मानिसले भने- ‘हेर, ती मानिसहरूको समूह गइरहेको छ, तिनैहरूका पछि पछि जाऊ, उनीहरू पनि धर्मशालामै गइरहेका छन् ।’ आमा-छोराले राति धर्मशालामा विश्राम गरे । प्रात:काल धेरै मानिसहरूको समूह बादशाहको ‘दिवाने आम’ (राजाले सबै मानिसलाई दर्शन भेट दिने स्थान) तिर उत्सुकतासाथ गइरहेका थिए । ती वीरबल पनि तिनैहरूको पछि लागेर गए। त्यस दिन कुनै मशहूर बहुरूपियाले बादशाहलाई आफ्नू विचित्र खेलहरू देखाउने भएको रहेछ । शाहंशाह (सम्राट्) अकबरले त्यो तमाशा प्रजाले पनि हेरून् भनेर त्यो ठूलो मैदान फुक्का गरिदिने आज्ञा गरिदिएका थिए। कसैलाई त्यहाँ जान र त्यहाँ देखाइने खेल हेर्न रोक-टोक थिएन । चारैतिर मोटा-मोटा डोरीले छेकेर माझको मैदान खेल देखाउनको लागि खाली राखिएको थियो । हेर्न आउने मानिसहरूलाई त्यही डोरीको घेरा-बाहिर बस्न दिइन्थ्यो । वीरबल पनि आफ्ना मित्रहरूका साथ त्यही एक छेउमा बसेका थिए । त्यहाँबाट बादशाहले तमाशा हेर्ने झरोखा (झ्याल) पनि नगीचै पर्दथ्यो । त्यही यौटा सानू घरमा बहुरूपियाले आफ्नू रूप बदल्न पाउने व्यवस्था मिलाइको थियो। त्यस स्थानबाट मैदानसम्म पुग्न अलि साँगुरो गोरेटो बनाइएको थियो । त्यस गोरेटोमा दुइ-चार सिपाही ओहोर-दोहोर गरिरहेका थिए ।
त्यसै वेला सिपाहीले सबैलाई सावधान हुने संकेत गरेर बादशाह सवारी भएको सूचना दियो । बादशाह आई आफ्नो उच्च सिंहासनमा बसे । अनि सबैले जय जयकारको ध्वनि गरे । उता सेवकले बहुरूपीलाई सूचना दियो र उसले रूप फेर्ने सानू कोठाको ढोका खुल्यो । यसबाट यौटी अत्यन्त सुन्दरी नर्तकी छम-छम पाउजेब बजाउँदै मैदानमा आएर ठिंग उभिई । त्यसले लिएको र फूलले भरिएको थालबाट फूल छरेर बादशाहको स्वागत गरेर जसरी आएकी थिई उसै गरी फर्केर गई।
त्यसको एकै छिनपछि यौटा भुंडे मारवाडी यौटा अहातमा बही-खाता र अर्कोमा थैली लिएर मैदानमा आयो र आफ्ना खाता-बही खोलेर केही यस्ता आसामीहरूको नाम उच्चारण गर्यो कि सबै श्रोता मरी-मरी हाँस्न लागे। छि पठान सरदार मराजबीर, नेता, पादरी, पुरोहित आदि अनेक रूप बादशाहलाई देखाइयो । त्यति सकिनासाथ भित्र सिंहासनमा बसेका बादशाह अकबर बाहिर निस्केर हुकूम दिए-‘ए कलाकार! तिमीले मनुष्यहरूका त अनेक रूप देखायौ, तर अब कुनै जानवरको रूप पनि देखाउन सक्छौ भने देखाऊ।’
बादशाहको हुकूम सुनासाथ ‘नजर गराउँछु सरकार! भन्दै आफ्नू रूप फेर्ने कोठामा गयो । त्यसको एकै छिनपछि स्वाँ स्वाँ र फ्वाँ- फ्वाँ गर्दै, दर्शकहरूलाई पनि थिचो मिचो पार्छ कि भन्ने भ्रम पार्ने यौटा उन्मत्त साँढे मैदानमा आयो । त्यसका सीङ्गमा बाँधिएको घुघुरा छम-छम बजिरहेको थियो । त्यसले पहिले बादशाहलाई न्यूरेर सलाम ग-यो अनि फरक्क फर्केर दर्शकहरू भएतर्फ दगुर्यो । तर अलि नगीच पुगेपछि टक्क अडियो । त्यताबाट फर्केर फेरि बादशाहलाई सलाम बजायो र चारै
खट्टाले उफ्री उफ्री नाच्यो । जब त्यो दर्शकहरूतर्फ दगुरेर अजान्थ्यो, तब सबै दर्शक डराएर चिच्याउँथे र उठेर भाग्दथे, तर ‘यो त नकली साँढे हो’ भन्ने सम्झनासाथ पेट समिची मिची हाँस्तथे। कति जना ‘वाह ! स्याबास-स्याबास! भनेर तारीफ गर्दथे।’
संयोगले त्यो साँढे वीरबलको नगीचै पुगेपछि थाकेर विश्राम गर्न चाहेझै ठिंग उभियो । तब वीरबलले यौटा सानो डल्लाले साँढेलाई हिर्काए । त्यो डल्लाले लाग्नासाथ साँढेले डल्ला लागेको ठाउँको छाला हल्लायो र एकपल्ट टाउको एवं पुछर पनि हल्लायो ।
‘धन्य धन्य कलाकार !’ भन्दै वीरबलले आफ्नू शिरबाट टोपी झिकेर साँढेतिर फालिदिए । त्यो साँढेको पिठिउँमा लागेर भूइँमा खस्यो । अनि साँढे अकबर बादशाहतिर हेर्न लाग्यो । त्यसको हेराइले इनाम मागिरहेको छ भन्ने स्पष्ट थाहा हुन्थ्यो। बादशाहले सुनको थालमा भरी रुपियाँ हाल्न लगाएर दिन लगाए। त्यस बहुरूपीले बादशाहद्वारा पठाइएको थाल लियो र बादशाहलाई धेरैपल्ट सलाम गर्दै दुआ (आशीष) दियो। अनि त्यस बहुरूपीले इनाम पाउनुभन्दा पहिले र पाइसकेपछि पनि वीरबलले दिएको टोपीलाई उठाएर बादशाहले दिएको इनामभन्दा पनि
बढ़ी सम्मान गरेको देखेर दर्शकहरू छक्क परे । अकबर बादशाहलाई पनि यो कुरा मनपरेन अर्थात् उनले यसमा आफ्नू अपमान सम्झे तापनि अलिकति पनि रिसाएको भाव नदेखाई भने- ‘ए कलाकार ! मैले दिएको इनामभन्दा पनि बर्ता त्यस केटोले दिएको टोपीको इज्जत किन गरेको?यसको अर्थ मलाई बुझाऊ, त्यसमा के रहस्य छ ?’
बहुरूपीले नम्र भएर बिन्ती चढायो- ‘पृथ्वीनाथ! हजूरले गुणी व्यक्ति को उचित इज्जत गरिबक्सन्छ भन्ने कुरा सारा संसारमा प्रसिद्ध छ, तर यौटा सच्चा कलाकारको कदर केवल रूपियाँले मात्र हुनसक्दैन। कलाकारको कला र साधना एवं उसले गरेको परिश्रम पनि बुझ्न सक्नुपर्दछ। फेरि कलाको पारख गर्न सक्नु पनि यौटा कसौटी हो । अतः यस टोपीको मालिक हजूरभन्दा धेरै बर्ता कलाको पहिचान र कदर गर्न जान्ने ठहरिएको छ । यसैकारण मैले सच्चा कला-पारखीलाई पहिले नै सम्मान दिएको हुँ । यस अपराधको लागि जो सजाय बक्सिन्छ, त्यो भोग्न तयार र त्यसको कुरा सुनेर बादशाहलाई आश्चर्य लाग्यो र उनले सोधे- “ए कलाकार ! तिम्रो अपराध मैले क्षमा गरे । अब मलाई यो बताऊ कि त्यो बालकमा कुन यस्तो गुण छ र त्यो ममा छैन ? जसले गर्दा मेरो रुपियाँभन्द बर्ता त्यस थोत्रो टोपीलाई सम्मान दियौ ।’ र उसले बिन्ती चढायो जहाँपनाह (जगरक्षक) ! त्यस टोपीको मालिकले मेरो जनावरको रूप देखेर मात्र विश्वास गरेन र उसले माटाको सानो डल्लाले मलाई हिर्कायो-प्रत्येक जनावरमा हुने सबै लक्षण ममा छ कि छैन भन्ने कुरा उ जान्न चाहन्थ्यो । कुनै पनि जनावरको अंगमा डल्ला वा सानू ढुंगाले लाग्यो भने त्यसलाई तुरुन्त ज्ञान हुन्छ र लागेको ठाउँको छाला हल्लाउँछ। ठीक त्यसै गरी मैले पनि लागेको ठाउँको छाला हल्लाइदिएँ । जहाँपनाह ! यस्तो विचित्र कलाको सम्मान गर्न जान्ने त्यस कद्रदान (गुणी) प्रति म फिदा (मोहित) भइरहेको छु, यसैकारण धर्मपूर्वक मैले कलापारखीको इज्जत गरेको हुँ । फेरि मलाई यस कुराको प्रसन्नता छ कि यहाँ यस्तो सच्चा : कलाको पारखी पनि उपस्थित रहेछ ।
यति सुनेपछि अकबर बादशाहले आज्ञा दिए ‘यस’ टोपीको मालिक मेरो सामुन्ने हाजिर होस ।’ यति सरेर बहुरूपीले वीरबलतिर इशारा गरिदियो, अनि वीरबल सरासर बादशाह भएको ठाउँमा आफ्न मोटो टपीको गाँठो हल्लाउँदै आएर उनको सामुन्ने उभिए । अनि बादशाहको आज्ञाले उनको अंगरक्षकले सोध्यो ‘ए केटा ! तिमी को हौ ? दिल्ली के काम परेर आएका? भन ।’
वीरबलले नम्र भएर उत्तर दिए- ‘म यौट गरीब कनौजको ब्राह्मण हुँ । मेरा पिताको देहान्त भएको पाँच वर्ष भयो । जीवन निर्वाह गर्ने कुनै साधन नभएको हुलाने आफ्नी आमाको साथमा म हिजो भर्खर दिल्ली आएको ” हुँ । कतै केही काम पाए गर्ने इच्छा छ । यहाँ ख्यातिप्राप्त शाहंशाहको दर्शन पाइन्छ कि भनेर आएको हूँ ।
उसले फेरि सोध्यो- ‘तिम्रो नाम के हो ?’
वीरबलले तत्काल उत्तर दिए ‘मलाई वीरबल भन्दछन् ।’ यति सुनेपछि बादशाहले आज्ञा दिए- ‘आजैदेखि यो केटो इज्जतसाथ शाही दरबारमै बस्नेछ, यसको सारा खर्च शाही खजानाबाट दिइनेछ ।’
त्यसै दिन वीरबल यौटा राम्रो घोडामा चढेर आफ्नी आमालाई पालकीमा बसाली राजमहल गए। केही कालमै आफ्नू बुद्धि र हाजिर-जवाबीको प्रभावले अकबर बादशाहका अभिन मित्र बनेर उनका नवरत्नमा एक रत्न भएर बसे । पछि उनले आफ्न प्रतिभाको बलमा राजाको पदवीसम्म प्राप्त गरे।
Comments
Post a Comment