अकबर र वीरबलको कथा(१६)-केमा चढछौ ?

 कुनै दिन बादशाह अकबर र मन्त्री वीरबल दुवै जना शिकार खेल गएका थिए । फर्कदाखेरि सॉझ पन्यो, साथमा क्यै खाने-पीने चीज पनि थिऐन । बादशाहको नास्ताको बखत भैसकेको थियो । यसकारण भोकले उनलाई छटपटी भैरहेको थियो। अनि आफ्नू लाचारी उनले वीरबलालई भने । वीरबल कट्टर सनातनधर्मी थिए । उनी अन्टसन्ट खाने चीज लिएर कहाँ राख्थे र ? संयोगले अलिकती चना उनले आफ्नू रुमालमा राखिलिएका थिए, त्यसैबाट केही बादशाहलाई दिए ।चना खाइसकेपछि दरबारतिर फर्कनका लागि जसै उनले घोडामा चढ्न रिकापमा पयर राखे यतिकैमा घोडा जोडले हिनहिनायो । यसरी घोडा हिनहिनाएको देखेर बादशाहले वीरबललाई घोडा हिनहिनाउने कारण सोधे । तब तुरुन्तै वीरबलले भने- जहाँपनाह ! घोडाले देख्यो कि हजूरले उसको खुराक चना खाइदिबक्सियो, यसैले अब उ सोधिरहेको छ कि- “हजुरले मेरो खुराक खाइबक्सियो, अब केमा चढ्छौ ?’ वीरबलको व्यङ्ग्य बुझेर बादशाह मन्मनै मुस्कुराउँदै रहे ।

Comments

Popular posts from this blog

अकबर र वीरबलको कथा(२०)-सबभन्दा श्रेष्ठ नाई

अकबर र वीरबलको कथा(११)-जाडो कति छ ?

अकबर र वीरबलको कथा(१४)-गुह खाने गोरु