अकबर र वीरबलको कथा(१९)-तिमी बडा मूर्ख रहेछौ
एक दिन दरबारमा बादशाहका अगाडि वीरबलले पाधे । यस्तो बेअदबी देखेर रिसाई बादशाहले भने वीरबल ! तिमी बडा मुर्ख रहेछौ ।’ बीरबलले जवाब दिए- ‘दयासागर ! पहिले बडो बुद्धिमान् थिएँ, तर हिजोआज मनको मोजले मूर्खहरूको संग- साथ गर्दा अलि बानी बिग्रिरहेछ । यस्तो जवाब पाई बादशाह लज्जित भऐ।