अकबर र वीरबलको कथा(०५)-अकबर र वीरबलको पहिलो भेट ( किंवदन्ती-०३)
बादशाह अकबर र वीरबलको पहिलो पटक भेट भएको विषयमा यौटा यस्तो किम्वदन्ती पनि छ ।
एक दिन बादशाको सेवकले पान लगाएर खान दियो । संयोगले अलिकति बढ्ता परेछ र बादशाहको मुखमा पाउ गरायो । बादशाह रिसाई त्यस सेवकलाई बाजार गएर एक पाउ चून किनेर लिंदै मकहाँ हाजिर हो भन्नने हुकूम दिएछन् । त्यो चून किन्ने पसलमा पुग्दा संगले वीरबल पनि त्यही उभिएका रहेछन्’ परस्पर कुरा हुँदा सबै भेद खुलेपछि वीरबलले त्यस सेवकलाई भने- ‘यदि बाँच्ने इच्छा छ भने एक पाउ घिउ खाएर अनि मात्र चून लिएर जा । बादशाह रिसाएर तँलाई चुन ख्वाउन ऑटेछन् । त्यस सेवकले वीरबलको कुरा मानेर एकपाउ घिउ खाई एक पाउ चून किनेर बादशाहको सामुन्ने उपस्थित भयो ।
अकबर बादशाहले त्यो एक पाउ चून पानीमा मिलाएर त्यस सेवकलाई खान दिए । एकै छिनपछि मुख-पेट चलेर त्यसको प्राण बच्यो अनि बादशाहलाई शंका लागेर सेवक सँग सोधे- पुछ गर्दा उसले बिन्ती गन्यो- ‘सरकार ! म किन्न लाग्दा त्यहाँ वीरबल नामका एक जना मानिस आई मलाई तलदेखि माथिसम्म हेरेर “बादशाहले तँलाई कुनै अपराधमा चून ख्वाउन ऑटेछन्, एक पाउ घिउ खाएर जा” भन्ने बुद्धि दिए । त्यसै-बमोजिम गरेको हुनाले ज्यान , बाँच्यो ।’ सेवकको यस्तो कुरा सुनेर अकबर बादशाहले वीरबलको बुद्धिको मनमनै प्रशंसा गरेर तुरुन्त मानिस पठाई डाके । वीरबल आएपछि उनले ‘स्वस्ति’ गरी अदबसाथ एकातिर उभिए । अनि बादशाहले रिसाएजस्तो गरेर सोधे- ‘तिमी को हौ ? दिल्लीमा के कामले आयौ ? मेरो – सेवकलाई जान्ने भएर किन बचायौ? मलाई संसारमा प्रतापी अकबर बादशाह भन्दछन । तिमी व्यर्थ आज मेरो रिसको झोकमा पर्ने भयो । सो को वीरबलले उत्तर दिए ‘सरकार ! म ब्राह्मण हुँ । दरिद्र हुनाले केही काम पाउँछु कि भनेर दिल्ली आएको छु । यस संसारमा सकेसम्म जीव हत्या नगर्नु भन्ने शास्त्रहरूको वचन हुनाले नै मैले यस सेवकको ज्यान बॉने उपाय बताइदिएको हुँ । अपराध माफ पाऊँ ।
वीरबलको सरल उत्तर सुनेर बादशाहले आफ्नू प्रेमको परिचयका साथै कविराजको पदवी र ठूलो जागीर दिई आफ्नू – मुख्य मुसाहिब तुल्याई राख्ता भए। पछि वीरबलले राजाको पदवी समेत पाए । तिनी बादशाहका सच्चा विश्वासपात्र मित्र थिए । जस्तै राजा भोजका सभामा नवरत्न थिए भन्ने कुराइतिहासबाट जान्न सकिन्छ, त्यस्तै अकबर बादशाहका सभामा पनि नवरत्न थिए । तिनीहरूको नाम तल लेखे अनुसार छ
(१) अकबर बादशाह
(२) राजा वीरबल
(३) कवि जगन्नाथ
(४) मियाँ खुसरु
(५) राजा मानसिंह
(६) अबुल फजल
(७) टोडरमल
(८) कवि गंग
(९) भगवान दास यी सबैमा राजा वीरबलको प्रभाव राजदरिमा बर्ता थियो । हुनत वीरबलले रचना गरेको कुनै ग्रन्थ आजसम्म प्राप्त भएको छैन तापनि ससाना फुटकर कविताहरू कतै-कतै देख्न पाइन्छन् । वीरबलको कवित्व शक्ति देखेर नै बादशाह अकबरले ‘कवि-शिरोमणि’ भन्ने उपाधि प्रदान गरेका थिए रे: अकबर बादशाह स्वयं पनि कविता र साहित्यमा विशेष रुचि राख्ने हुनाले आफ्नू शाही सभामा अनेक तरहका समस्या प्रस्तुत गरेर त्यसको पूर्ति गर्नेलाई उचित पुरस्कार प्रदान गर्दथे ।
Comments
Post a Comment