अकबर र वीरबलको कथा(१८)-घर्सो छोटो पार्नु
एक दिन लहडमा बादशाह अकबरले जमीनमा याैटा धर्सो कोरे र सबैलाई भने कि यसलाई कॉट-छाँट कोरमेट नपारीकन छोटो पार्नु छ । त्यस काममा सारा दरबारियाहरू असफल भए । अन्तमा वीरबलको पालो आयो । बादशाहले उसै गरी उनलाई पनि उस्तै गर्न भने ।
वीरबलले तुरुन्तै त्यस धर्मोको तल अर्को लामो धर्सो तानेर भने ‘हजूर ! अब हजूरको धर्सो छोटो भयो ! वीरबलको यस्तो प्रतिभाशाली बुद्धिमत्ता देखेर बादशाह बहुत प्रसन्न भए ।
Comments
Post a Comment