अकबर र वीरबलको कथा(११)-जाडो कति छ ?
जाडोको समय थियो। हिउँ जोडले परिरहेको थियो। बादशाह र वीरबल महलको बैठकमा बसेर मकलको आगो ताप्दै कुराकानीमा मग्न थिए । यत्तिकैमा कुराको सिलसिलामा अचानक उनले यौटा प्रश्न सोधे ‘वीरबल ! जाडो कति छ ?
त्यस बेला अचेलको जस्तो बिजुली, बिजुजीको हीटर या हावा, पानी, जाडो, गर्मी नाप्ने मीटर थिएन, जुन यन्त्रद्वारा नापेर यक्तिकै जाडो छ भनी बताउन सकियोस् । यक्तिकै त जाडो असाध्यै थियो । बादशाहका सारा अङ्ग प्रत्यङ्ग ऊनी गरम कपडाले ढाकिएको थियो । सामने मकलमा भरभराउँदो आगो थियो । तैपनि उनी जाडो मानिरहेका थिए । त्यस्तो स्थितिमा यस्तो प्रश्नले वीरबल क्यै घबडाए । दिमागमा उत्तर बोलाउनको लागि बगलको दलानमा उनी टहल्न लागे । यत्तिकैमा उनको नजर तल लङ्गाैटी मात्र लाएको गरीबमाथि पर्यो, जो दुवै हातका मुठी बेसरी कसेर काखीमुनि थिची लुग-लुग काम्दै बसिरहेको थियो । त्यो देख्नेबित्तिकै वीरबलले चट बादशाहलाई भने-यस वेलाजाडो केवल दुई मुट्ठी छ । प्रभाणस्वरूप जब वीरबलले बादशाहलाई उस गरीबतिर हेर्न लगाए त साँचै नै वीरबलको प्रामाणिक उत्तरले बादशाह अति हर्षित भए । यस्तो प्रकारले वीरबलले जाडोको परिमाण केवल दुई मुठी नै साबित गरे ।
Comments
Post a Comment