अकबर र वीरबलको कथा(१४)-कसरी छोडे प्राण ?
एक दिन अकबर र वीरबल केही मानिस शिकारीहरू साथमा लिएर शिकार खेल्न वनतिर लागे। शिकारका खोजमा निकै टाढा पुगेछन् । यसै बीचमा बादशाहलाई बडो तिर्खा लाग्यो । संयोगले पानी खोज्दै दुवे जना एक इनार-नगीच पुगे । इनारका नजीकै छेउमा पधेरर्नीहरूल गाग्रो राख्ता परेको एक सानू खाल्डोमा अन्दाजी आधा छटाक पानी जमेको र त्यहीनेर स्यालका भाले पोथी मुर्दा भै पडिरहेको देखे। बादशाहले यताउता हरेर वीरबलसँग सोधे
घाऊ देखिन अङ्गमा,
कसको लाग्यो बान ।
झट्ट बताऊ वीरबल,
कसरी छोडे प्रान ?
यस्तो प्रश्न सुनी वीरबलले चारैतिर नजर बिछाए खाल्डोको पानी देख्नासाथ तिनले विचार गरे कि थोरै पानी देखेर तँ खाऊ, तिमी खाऊ’ भन्दाभन्दै माया गर्ने भएका स्यालका भाले-पोथीले आफ्न ज्यान दिएछन ।यही कुरो पक्का ठानी बादशाहलाई जवाब दिए
जल थोरै, माया निकै,
लाग्यो प्रीतको बान ।
खा तै, तिमी खाऊ भनी,
दिए दुवैले प्रान ।। आफ्नू दोहाको जवाबमा यो माथि लेखिएको दोहा सुरेर अकबर बहुतै खुशी भई वीरबललाई आफ्नू सवा लाख रुपियाँको औठी बक्सिस दिंदा भए ।
Comments
Post a Comment