अकबर र वीरबलको कथा(१३)-धायीको छोराको रिस ?

 

बचपना चकचके अकबरलाई कुनै धायी दूध पिलाउँथी, उसको आफ्नू यौटा छोरो पनि थियो’ त्यो धायी दुवैलाई साथसाथै दूध पियाउने गर्थी, ती दुवै साथै बढ़े । किन्तु समयको फेर, अकबर भए बादशाह, दुधे भाइ भयो कर्तव्य-परायण सांधारण एक कर्मचारी । फेरि पनि अकबर उस दूधे भाइलाई असाध्यै प्यारो गर्दथे र सधै आफ्ना नजीकै नै राखथे। त्यो दूधे भाइ पनि उनीसित बचपनको झै नै प्रेम गर्दथ्यो। यस्तैमा कुनै दिन बिहानै सम्राट अकबर मह खाइरहेका थिए, वीरबलले उनलाई खान लागेको देखेर क्यै परै बसेका बेला अकबरको दुधे भाइ पनि उहाँ आइपुग्यो र सोध्न लाग्यो कि “बादशाह के खाइबक्सिदै छ’ वीरबलले तत्कालै उत्तर दिए ‘बादशाह गुह खाइबक्सँदै छ ।’ 

त्यस दूधे भाइलाई त्यो कुरो कत्ति पनि मनपरेन र अवसर परेको वेलामा उसैले एकान्तमा धेरै बढाई-चढ़ाईकन वीरबलले भनेको कुरो बादशाहलाई सुनाइदियो । त्यसको त्यस्तो करो सुनेर बादशाहले आफ्नु मनमनमा सोचे समझे कि यस सम्बन्धमा वीरबललाई क्यै भन्नु उचित छैन ।किनकि हाम्रो पाक (पवित्र) भाषा फारसीमा महलाई (गुह) भन्दछन् र यसै पनि हेर्ने हो भने शहद मौरीहरूको मैला नै हो। तैपनि उनले दुधे भाइलाई भने कि अच्छा, यसबारे वीरबलाई दण्ड दिइनेछ । 

कुनै अरू व्यक्तिसित कुराकानी गर्दा त्यस दूधे भाइलाई आफ्नू गल्ती थाहा भयो, किन्तु उ चुपै रह्यो। बादशाहले अर्को दिन दरबारमा वीरबललाई भने कि तिम्रो पनि कुनै दुधे भाइ छ? वीरबलले तुरुन्तै भने-जहाँपनाह ! छ । यदि हजूरको हुकम हुन्छ भने म अहिल्यै उसलाई हाजिर गरू । बादशाहले स्वीकार गरेपछि वीरबलले यौटा बाछोलाई सजाएर दरबारमा हाजिर गरे र भने कि यही मेरो दूधे भाइ हो, किनकि यसको आमाको दूध म पनि पिउँछु र उ पनि पिउँछ। 

वीरबलको पाण्डित्यपूर्ण उत्तर सुनेर सबै दरबारीसहित अकबर अति प्रसन्न भए । 

Comments

Popular posts from this blog

अकबर र वीरबलको कथा(२०)-सबभन्दा श्रेष्ठ नाई

अकबर र वीरबलको कथा(११)-जाडो कति छ ?

अकबर र वीरबलको कथा(१४)-गुह खाने गोरु