अकबर र वीरबलको कथा(१०)-सबभन्दा ठूलो पात कुन हो ?
एक दिन अकबरले दरबारको बेलामा प्रश्न गरे कि “पात-पातमा कुनचाहि पात ठूलो हुन्छ ?” भारदारहरूमा कसैले, एकछिन घोरिई कर्कलाको पात भने । कसैले सोचेर केराको पात ठूलो हुन्छ भने, तर बादशाहको चित्त बुझेन । उनले वीरबलको मुखतिर हेरे । वीरबलले उभिएर बादशाहलाई सलाम गरी बिन्ती चढाए “जहाँपनाह ! सबैभन्दा श्रेष्ठ पात नागरखेल (पान) को हो । किनभने यसको पात बादशाहको मुखसम्म पुग्छ । यो कुरा सुनी सबै जनाले वीरबलका बुद्धिको सहनी गरे ।
Comments
Post a Comment