अकबर र वीरबलको कथा(०९)-को के गर्न सक्तैन ?
एक दिन दरबारमा बादशाह अकबर बसिरहेका थिए। दरबारीहरू पनि आएर आफाफ्नू ठाउँमा बसेका थिए। यत्तिकैमा बादशाहले भने- वीरबल !
के गर्न सक्तिन स्त्रीले ?
के अट्तैन समुद्रमा ?
के पोलिदैन आगोले ?
के काल्ले खात्र लोकमा ?
बादशाहले भनेको यो श्लोक सुत्रेविक्तिकै वीरबलले तुरन्त उत्तर दिए
पेट बोकाइन्न स्त्रीले,
अट्तन यश सिन्धुमा ।
पोलिन्न अग्लिने धर्म,
नाम खाँदेन कालले ।।
वीरबलको यस्तो उचित उत्तर सुनेर बादशाह अकबर अति प्रसन्न भएर वीरबललाई धेरै धेरै इनाम दिए ।
Comments
Post a Comment