अकबर र वीरबलको कथा(०८)-आकाशमा कति तारा छन् ?
कुनै समयमा बादशाह अकबरले वीरबलको बुद्धिको परीक्षा लिने विचारले सोधे कि भन वीरबल, आकाशमा कति तारा छन् ? यस्तो प्रश्न सुनी वीरबलले तरुन्त जवाब दिए कि यस प्रश्नको उत्तर म भोलि दिन सक्छु ।
बादशाहको प्रश्नको उत्तर दिनु वीरबललाई अति आवश्यक थियो परन्तु समस्या थियो टेढो, आकाशका तारालाई गनिलिनु कुनै सम्भव बात थिएन । अन्तमा वीरबललाई यौटा अक्किल सुझ्यो र उनले यौटा बडो लम्बा-चौडा कागजमा सियोले यति निशान बनाए कि सारा कागजमा प्वालैप्वाल भएर ती प्वालहरूलाई गनिलिनु सहज थिएन । र अर्को दिन जब वीरबल दरबारमा पुगे त बादशाहले सोधे- ‘ल्यायौ मेरा प्रश्नको जवाब ?’ वीरबलले उही प्वालैप्वालवाला कागज सामने राखिदिए र बिन्ती चढ़ाए ‘अन्नदाता ! आकाशका ताराको छाया यसै कागजमा उतारेको छ, जसलाई इच्छा छ गनिलिउन् , आकाशका ताराको संख्या जानिनेछ । प्रश्न टेढो थियो, सब चुपो लागे । वीरबलको बुद्धिमानीले बादशाह अकबर खुशी भऐ ।
Comments
Post a Comment