अकबर-वीरबलको कथा(१)-वीरबलको जीवनी

बा

बादशाह अकबर र वीरबलको विषयमा धेर थोसबैले जाने-सुनेका छन्, तर वीरबलको जन्मको विषयमा तोकेर कसैले पनि भन्न वा लेख्न सकेको छैन। उनको जन्म-स्थान कहाँ हो ? जात के हो ? उनी जन्मेको वर्ष महीना कुन हो ? इतिहास लख्नेहरुले अनुमानको आधारमा तिथि-मिति लेखेका छन्, तर त्यो सत्य हो भन्न सकेका छैनन्। कसै-कसैले त अकबर र वीरबलको पूर्वजन्मको वृत्तान्त पनि वर्णन गरेका छन्, तर त्यसको पनि पक्का प्रमाण पाइको छैन, तापनि कतिपय विद्वान्हरूले व्यक्त गरेको विचारमा दृष्टिपात गर्दा यस्तो पनि मात्र कर लाग्दछ कि उनी मारवाडको बिकानेर भन्ने स्थानका निवासी ब्राह्मण थिए। कतिपय यस्तो किंवदन्ती पनि छ कि वीरबल वाराणसीका ब्राह्मण थिए। उनका कविताहरूमा 'ब्रह्म' भन्ने छाप पाइएको हुनाले नै यो अनुमान गरिएको होला जस्तो लाग्दछ। तर उनको जन्मको समय र बादशाहको दरबारमा उपस्थित रहेको समय आदि यस्तो सन्देहास्पद छ कि सह्रस त्यसमा विश्वास गर्न सकिदैन।

कुनै-कुनै विद्वान् ले वीरबलको जन्म संवत् १६१७ भन्ने अनुमान गरेका छन्, तर यो सत्य हो कि होइन भन्न सकिंदैन किनकि अकबर बादशाहको दरबारमा उनको उपस्थिति संवत् १६२६ देखि १६४२ सम्म भएको प्रमाण इतिहासमा पाइन्छ।

Comments

Popular posts from this blog

अकबर र वीरबलको कथा(२०)-सबभन्दा श्रेष्ठ नाई

अकबर र वीरबलको कथा(११)-जाडो कति छ ?

अकबर र वीरबलको कथा(१४)-गुह खाने गोरु